सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रुपमा देखिएका छैनन् । आकाशले यो बिचमा केही चलचित्रमा भने केमियो भूमिकामा काम गरेका थिए ।

आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि चलचित्रका लागि भने राम्रो कथाको प्रतिक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने आकाशको चलचित्रमा कमब्याक पक्का भएको छ ।

नायक श्रेष्ठले यसअघि ‘जय शम्भु र दान्भी’ जस्तो एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्ने पक्का भएको हो ।

माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ । चलचित्रलाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ ।

आकाश पनि यो चलचित्रलाई लिएर निकै उत्साहित देखिएका छन् । आकाशले दर्शकको प्रतिक्षा विशेष हुने तर्क गरे ।

यो चलचित्रको कथा सुमन गजमेरले तयार पारेका हुन् । चलचित्रको छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने तयारी रुपेशको छ ।

चलचित्रको नाम, अन्य कलाकार र प्राविधिकहरुको बारेमा जानकारी एकपछि अर्को रुपमा गराउँदै लैजाने निर्माणपक्षले बताएको छ । जुना फिल्मस्को ब्यानरमा यो चलचित्र निर्माण हुनेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com