सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’को अर्को गीत रिलिज भएको छ। माघ १ अर्थात माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’बोलको गीत रिलिज गरेको हो।

गीतको भावले परदेशिन लागेको कुरालाई प्रस्टयाएको छ। गीतको भिडियोमा अभिनेता पल शाह,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ। गीतको भाव अनुसार उनीहरुको अभिनय सुहाउदिलो देखिन्छ।
यो गीतलाई किरण परियारले गाएका छन् भने अभि सुनारले शब्द संगीत भरेका छन्। गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा चलचित्रमा विपना थापा,पल शाहका अलवा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। यतिबेला यो चलचित्रलाई व्यापक प्रचारप्रसारमा अभिनेता पल शाह,विपना थापा सहित अन्य निर्माण टिम लागि परेका छन्।
चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रको कथा तथा पटकथामा उनी स्वयले लेखेका हुन्। चलचित्रमा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। गायनमा रबि ओड,किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ।

साथै चलचित्रको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको छ। नवराज उप्रेतीको डिओपी रहेको यस चलचित्रमा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

चलचित्रको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्।
यसअघि यो चलचित्रमा समावेश गीत ‘लैजा खबर ए हावा’यतिबेला चर्चामा छ। चलचित्रको पोस्टरदेखि गीतलाई समेत दर्शकले अत्यधिक रुचाएका थिए। ‘लैजा खबर ए हावा’लाई नेपाली भर्सनमा रुचाएपछि निर्माण पक्षले नेवारी भर्सनमा समेत रिलिज गर्यो। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको नेवारी भर्सनमा ट्रान्सलेट गर्दै उनका छोरा यमन श्रेष्ठले नेवारी गीत गाएका हुन्।
यो चलचित्रलाई नेपालमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ।









प्रतिक्रिया