सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सुदिप्ताको डेव्यु निर्देशकिय चलचित्र ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको प्रेम र धोकाको कथा पेश गर्छ । सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ ।

चलचित्रकी निर्देशक सुदिप्ता ‘रमिताको पिरती’लाई लभस्टोरी भन्दा पनि ब्रेकअप स्टोरीको रुपमा दर्शकमाझ परिचित गराउन चाहेको बताउँछिन् । नेपाली चलचित्रमा केटा अर्थात् हिरोको तर्फबाट थुप्रै लभस्टारी चलचित्र निर्माण भएपनि आफुले महिलाको प्रप्सेसनबाट कथा भनेकाले दर्शकलाई नयाँ अनुभव हुने बताइन् । एउटा केटी जसको ब्रेकअप पश्चात कस्तो माइण्ड सेट हुन्छ । उसले के–के भोग्छ । त्यो कथालाई फरक रुपमा प्रस्तुत गरेको बताइन् ।

अभिनेत्री आना शर्मामाले पनि यो कथामा आफुलाई अफर आएपछि करिब ६ महिना निर्देशक सुदिप्तासँग बसेर पात्र अनुसार आफुलाई ढालेको बताउँछिन् । यता चलचित्रका मुख्य अभिनेता धिरज मगर पछिल्लो समय आफुरे हिरो सेन्ट्रिक नभई हिरोइन वा महिला पात्रको माध्यमबाट भनिने कथामा बढि काम गरेको बताउँछन् । त्यही मध्ये एक रमिताको पिरती पनि रहेको उनको भनाई छ । यति मात्रै नभई दर्शक तथा फ्यानको आफुलाई फरक अवतारमा हेर्ने चाहाना पनि चलचित्रले पुरा गर्ने दाबी गर्छन् ।

आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रमिताको पिरती’को केन्द्रमा रमिता अर्थात् आना शर्मा रहेकी छन् । ब्रेकअप स्टोरीमा आधारित चलचित्रले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ । यही चलचित्रमार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन् ।

सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायत कलाकारको अभिनय रहेको छ । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको चलचित्रमा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह-निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।

चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ । शिशिर विशंखेको डीओपी रहेको चलचित्रको सम्पादन सुनिल शिवभक्तिले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ ।

काठमाडौं उपत्यकामा चलचित्र लाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com