सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘जेरी अनटप’मा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ। शनिबार अभिनेत्री गुरुङले ‘जेरी अनटप’का निर्माण टिमसँग कागजी सम्झौता गरेकी हुन्। यस अघि फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फाइनल भईसकेका छन। जसिताको इन्ट्रीसँगै फिल्मका मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ।