सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)को ‘झिझिया’ बोलको गीत सार्वजनिक गरिएको छ। नाम विवाद पछि पनि प्रमोसनलाई तीव्र बनाउँदै फिल्मका निर्माण टिमले गीत सार्वजनिक गरेका हुन्। गीतमा फिल्मका मुख्य पात्र विपिन कार्की, सुहाना थापा र जेभिस जेभिनको नृत्य देख्न सकिन्छ।