सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’को टिजरले भावनात्मक प्रेमकथाको संकेत गरेको छ । सार्वजनिक टिजरमा प्रेम र विवाहबीचको अन्तर तथा त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई कथाको केन्द्रमा राखिएको देखिन्छ। विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई टिजरले