सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माणपक्षले चलचित्रको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो ।