सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी बैशाख ११ गतेबाट हलमा लाग्ने चलचित्र ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो। सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन्।