सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: चलचित्र ‘क्यामिनो’का मुख्य नायक प्रदिप खड्का सहितको पोस्टर सार्वजनिक गरिएको छ। निर्माताले चलचित्रको प्रमुख भूमिकामा प्रदीप खड्का हुने भन्ने खबर प्राचार गरेपनि प्रदिप आफैले बिहिबार आफ्नो सामाजिक संजाल मार्फत एक तस्विर सार्वजनिक गरेका छन। भारतको मुम्बई स्थित नासिक ताम्रकेश्वर मन्दिरमा उनले ग्रहशान्तिको पूजाआजा गरेका छन । मान्छेलाइ कहिले भाग्यले साथ दिन्छ त कहिले ब्याक्तिगत परिश्रम नै सफलताको शुत्र हुनेछ, हिजोका दिनमा जस्तै माया र सद्भभाव दिनुहोला भन्दै उनले दर्शकसँग खुशी साटेका छन्।

‘कृष्णलीला’ फेम्ड निर्देशक दीपक वलीले निर्देशन गर्ने यो चलचित्रलाई ब्राजिल र मेक्सिकोमा छायांकन गरिदैछ। दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर अमेरिका छिर्ने आप्रवासीको कथावस्तुमा बन्न लागेको चलचित्र नेपाली, अंग्रेजी, हिन्दी र स्पेनी भाषामा सुटिङ हुने तयारी छ । चलचित्रमा प्रदिप खड्काको अपोजिट मा नायिकामा वर्षा सिवाकोटी देखिनेछिन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com