सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: झरना थापा निर्देशित चलचित्र ‘भगवत् गीता’को छायांकन जनकपुरको राममन्दिरमा पूजाआजा गरि थालनी गरिएको छ । चलचित्रका मुख्य नायक धीरज मगर र नायिका सुहाना थापाकाको कथामा समाबेश केहि दृश्यको सुटिंग गर्दै छायांकन कार्य अगाडी बढाइएको छ। चलचित्रका निर्माता सुनिलकुमार थापाले करिव २०/ २२ दिन जनकपुर क्षेत्रमा छायांकन हुनेबारे जानकार गराए। चलचित्रको मुख्य भागवतको पात्रमा धिरज, गीताको पात्रमा सुहाना र बिपिन पारालिंगी समुदायको एक क्यारेक्टरमा अभिनय गर्दैछन् । सुहाना इन्टरटेनमेन्ट र सुनिलकुुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन् लागेको चलचित्रलाइ काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा सुहानाकै कम्पनी त्रिनेत्रम डिष्ट्रिब्यूसनले वितरण गर्दैछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com