सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कबड्डी फेम्ड निर्देशक उपेन्द्र सुब्बाको चलचित्र ‘जारी’को टिजर रिलिज गर्दै, बैशाख १ गतेलाई प्रदर्शन मिति तय गरिएको छ। उक्त टिजरमा सामाजिक रितिरिवाज र गाउंको परिवेशमा स्टार अभिनेता दयाहाङ राई र मिरुनाबिच प्रेम झल्काएको छ।

चलचित्रको पटकथा निर्देशक सुब्बा आफैले लेखेका हुन। राम बाबु गुरुङ्गको निर्माण रहेको चलचित्रमा दयाहांग राई, मिरुनाको साथमा प्रेम सुब्बा, विजय बराल, रोयदिप श्रेष्ठ, रेखा लिम्बु, अनिल शुब्बा, पुस्कर गुरुङ्ग, कमलमनि नेपाल, उपासना नेम्बाङ्ग, सिता कुमारी तुम्बापो र पन्थक ठुलेजस्ता कलाकारको अभिनय रहेको छ।

‘जारि’ प्रथामा आधारित कथा बुनेको चलचित्रको छायांकन शैलेन्द्र डि कार्कीले गरेका छन। चलचित्र फरक ढंगबाट प्रस्तुत गर्न खोजिएको सार्वजनिक टिजरबाट सजिलै अनुमान लगाउन सकिन्छ, जहा कबिता जस्तै पुरानो श्लोकको भाकामा कहानी भनिएको छ। झुमा लिम्बु र गंगा थापाको संगीत रहेको छ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com