सबस्त इन्टरटेनमेन्ट काठमाडौं: एउटा घरको कथा जुन हरेक घरको व्यथा सुनाउने चलचित्र ‘फूलबारी’ आजदेखि देशभर एकैसाथ प्रदर्शन भएको छ। विपिन कार्की,दयाहाङ राई, प्रियंका कार्की जस्ता अनेकौ स्टार कलाकारहरुको बेजोड अभिनयको संगालो चलचित्र एक भावना हो।
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले बिहिबार बेलुका सम्पन्न प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो। प्रिमियरमा उपस्थित सबै दर्शक, पत्रकार र विभिन्न कलाकारहरुको तारिफको ओहिरोको साथै हरेकले आफ्नो सामाजिक संजालमार्फत प्रशंशा गरेका छन।
उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित चलचित्रमा बिपिन कार्की, दयाहाङ राई, प्रियंका कार्कीको साथमा गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय देख्न सकिनेछ । जोस हेरुमको छायांकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ। यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्रमा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।





 
                                     
            



प्रतिक्रिया