विकास रौनियार / सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सन् २०२३ को जुन महिनाको एक दिन । म कोलकाताको पार्क स्ट्रिटस्थित चर्चित क्याफे ‘फ्लरिज’मा बिहानको खाजा खाइरहेको थिएँ । अचानक क्याफेबाहिर निकै होहल्ला सुनियो । केहीबेरमै एउटा प्रतिष्ठित पहेँलो ‘एम्बेसेडर’ ट्याक्सी क्याफेअगाडि आएर रोकियो र त्यसलाई फोटोग्राफरहरूले घेरे ।
के भइरहेको छ भन्ने कौतूहल भइरहेका बेला लोकप्रिय भारतीय कलाकार कियारा आडवाणी र वरुण धवन क्याफेभित्र प्रवेश गरे । उनीहरू आएर ठीक मेरो टेबलअगाडि बसे र खानाको अर्डर गर्न थाले ।
म भने कफीको चुस्की लिँदै शान्तपूर्वक उनीहरूका केही तस्बिर खिच्न थालेँ । उनीहरू त्यहाँ आफ्नो फिल्म ‘जुग जुग जियो’ को प्रचारप्रसारका लागि आएका रहेछन् ।
त्यो क्षण मेरा लागि निकै विशेष बन्यो । चर्चित कलाकारलाई यसरी अचानक नजिकबाट भेट्नु र उनीहरूको तस्बिर खिच्न पाउनु फोटो पत्रकारिताको रोमाञ्चक पक्षमध्ये एक हो । फोटो पत्रकारको जीवन साँच्चै नै रोमाञ्चक हुन्छ।







प्रतिक्रिया