सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिपक दीपाको निर्माणमा तयार बनेको चलचित्र ‘छक्का पन्जा ४’ को धमाकेदार ट्रेलर रिलिज भएको छ। ट्रेलरमा बर्तमान युवाको अलकाचो राजनीति, सामाजिक यथार्थ, प्रेम, गुण्डागर्दी, हिरोगिरी र गाउँबेशिको तितोसत्यजस्ता बिषयलाई ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ।

 

निर्देशक हेमराज बिसी निर्देशित चलचित्र यहि आउँदो फागुन १७ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुन गैरहेको छ। चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, निर शाह, बेनिशा हमाल, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ। बेनिशा हमाल रिपोटर तथा पत्रकारको पात्रमा बोल्ड देखिएकी छिन। चलचित्रको पटकथा दिपक राज गिरिले लेखेका हुन भने त्यसलाई निर्माण दिपक दिपाको सहकार्यमा गरिएको हो।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com