सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अनमोल केसी स्टारर फिल्म छड्के २ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।  केहि दिन अघि मात्र फिल्मको टिजर सार्वजनिक गरेर छुट्टै हाईप बनाएको फिल्मका निर्माण टिमले अब भने प्रमोसनलाई तीव्र बनाउदै ट्रेलर बाहिर ल्याएको हो। ग्याङ्गस्टरको कथामा आधारित फिल्मको ट्रेलरमा फिल्मका मुख्य पात्रहरु केन्द्रमा छन। अनमोल केसीको भिन्न भूमिकाले पनि फिल्म अहिले प्रतिक्षित बनिरहेको छ।

 

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म चितवन र मुस्ताङमा छायांकन भएको हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता  रहेका फिल्मको कार्यकारी निर्माता भने निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । अनमोलसंगै फिल्ममा  रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको पनि मुख्य भूमिका रहेको छ। फिल्म फागुन १९ बाट देशभर प्रदर्शन हुदैछ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com