सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं : बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ ।

वास्तविक घटनाबाट प्रेरित यस चलचित्रको ट्रेलर दमदार बनेको छ, जहाँ रानी बिदेशी भूमिमा आफ्नो कोखबाट खोसिएको दुइ बच्चाको हक हितका लागि एक्लै युद्दमा उत्रिन्छिन।

चलचित्रको बिषयबस्तु मेकिङ, कलाकारको अभिनय पावरफुल छ। रानी एक आमाको पात्रमा राम्ररी भिजेकी छिन। उनीले यस चलचित्रको बिशेष भूमिकाको लागि फिजिकल आउटलुकदेखि मेन्टल्ली रुपमा आफुलाई बुलन्द रुपमा प्रस्तुत गरेकी छन्।

विदेशी नीति नियममा आधारित चलचित्रमा एक भारतीय जोडी आफ्ना दुई सन्तानसँग नर्वेमा बस्दै आएका हुन्छन् । आमाले सन्तानप्रति गरेको केहि साना व्यवहारहरुलाई उनको मानसिक असन्तुलनसंग तुलना गर्दै, मिसेस चटर्जी (रानी) खराब आमा रहेको भन्दै दुई सन्तानलाई उनीबाट खोसिन्छ ।

यसपछि आफ्नो सन्तान फिर्ता पाउन उनले लडेको लडाइं कसरी सुरु हुन्छ र पूरै देशको विरुद्ध उनी कसरी उभिन पुग्छिन् भन्ने ट्रेलरमा देखाइएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com