सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री शिल्पा पोखरेलले आफ्ना श्रीमान तथा निर्देशक छबिराज ओझा विरुद्धको मुद्दामा जित हासील गरेकी छन। उनले आफुलाई घरेलु हिंशा तथा अभ्यद्र ब्यावहार गरेको भन्दै ओझा विरुद्ध मुद्धा लड्दै सम्बन्ध बिच्छेदको माग गरेकी थिईन।

 

हिजो उनको उक्त मुद्धाको फैसला भएपछि जित शिल्पाको पक्षमा गएको हो। उनले फैसला आफ्नो पक्षमा पुगेपछि सामाजिक संहाल फेसबुक मार्फत खुसी साटेकी छन। उनि लेख्छिन, “हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाई जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको छु। यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाई, भाउजू,साथिहरु, संघ संस्था तथा बिशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाइज्यु र अधिवक्ता मनोज यादवज्युलाइ कृतज्ञता तथा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।”
शिल्पाले न्याय पाएकी छिन, उनि आजकि एक उदाहरण नारी हुन जसले भोलि कोहि नारीमाथि जानाजान चोट पुर्याउने मनसायका व्यक्तिलाई सोच्न बाध्य पक्कै बनाउनेछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com