सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ: हिमालय रोडिजको पाचौँ सिजनको औपचारिक घोषणा भएको छ। राजधानीको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले पाँचौ सिजनको घोषणा गर्दै डिजिटल अडिसन खुला गरेको हो। नायक रेमन दास श्रेष्ठले होस्ट गर्दै आएको उक्त शोको पाचौँ सिजन सम्म आईपुग्दा होस्ट पनि परिवर्तन गरिएको छ। अब भने शोलाई नायक तथा संचारकर्मी सुरज सिंह ठकुरीले गर्ने भएका छन। निर्देशक सिमोस सुनुवारले निर्देशन गर्ने उक्त शोको थिम जर्नी टु एक्सट्रिम’ रहेको छ। सिमोसले सुरजसँग कागजी सम्झौता गर्दै सुरजलाई टिममा स्वागत गरेका थिए।

डिजिटल अडिसनको आवेदनमध्येबाट १०० जनाले फिजिकल अडिसनमा भाग लिन पाउनेछन् । जसमध्येबाट विभिन्न चरण पार गर्दै १६ जनाले मात्र फाइनलमा प्रवेश पाउनेछन् । यीमध्येबाट एक जना विजेताको घोषित हुनेछन् । नयाँवर्ष २०८० सालदेखि शोको प्रशारण हुने जानकारी हिमालय टीभीका महाप्रबन्धक गोविन्द ढकालले जानकारी गराए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com