सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ – अभिनयको दुनियाँमा बच्चैदेखि रमाउन चाहने अभिनेता अमृत ढुंगानाको करिअरले अहिले राम्रै गैरहेको छ । उनका सुरुवाती दुई फिल्म बक्सअफिसमा फ्लप भएपनि कामको प्रशंसा हुँदा, उनि आफुलाई सफल भन्न रुचाउँछन् । तर, पनि एउटा फिल्म भएपनि हिट भैदियोस् भन्ने चाहना छ ।

फिल्म क्षेत्रका उनका चिनेका कोहि थिएनन्, जब अभिनयको भुत लिएर उनि २०१४ मा मण्डला थियटरमा जोडिए । मण्डलामा अभिनय सिक्दा उनले केहि नाटकमा पनि काम गरे । निर्देशक नितिन चन्दको ‘जोनी जेन्टलम्यान’मा सहायक निर्देशकको रुपमा काम गरेपछि उनलाई क्यामराको फ्रेममा अभिनय देखाउने बाटो खुल्यो ।

अमृतले १४ जति सर्ट फिल्ममा अभिनय गरिसकेका छन् । तीनै १५ सर्ट फिल्मले अमृतलाई युट्युबका दर्शक सामु हिट बनाए । उनि भन्छन ‘मेरो फ्यान सर्कल युट्युबमा राम्रो छ । तर, फिल्मसम्म पुग्न सक्नु भएको छैन ।’

यिनै सर्ट फिल्मको सहायताले उनलाई फिल्ममा डेब्यु गर्न सजिलो भएको थियो । ‘सायद २’बाट अफर आउनुको कारण उनि युट्युबको लोकप्रियतालाई सम्झिन्छन ।

‘सायद २’ पश्चात अमृतले ‘जय श्री दाम’मा अभिनय गरे । दुवैबाट अभिनयमा तारिफ पाए पनि फिल्मले बक्सअफिस कमजोर व्यापार गरे । अब माघ १८ मा रिलिज हुने ‘सयकडा दश’बाट उनले सफलता पाउने आशा राखेका छन् । फिल्ममा उनले आधुनिक युवाको भूमिका निर्वाह गरेका छन् । जसले देश विकाशको बारेमा सोच्छ ।

उनि गत रिलिज ‘जय श्री दाम’को प्रचार-प्रसारबाट सन्तुष्ट छैनन् । टिमले मिहेनत गरेर बनाइएको फिल्ममा राम्रो प्रचार हुनुपर्ने बताउछन । यदि फिल्मको बारेमा दर्शकलाई थाहा भएन भने निर्मातालाई मात्र घाटा नभएर, फिल्मसँग जोडिएका व्यक्तिको मिहेनत खेर जाने उनको बुझाई छ ।

उनी भन्छन ‘क्रियसन बनाएर मात्र हुँदैन, दर्शकसम्म पुर्याउने बाटो पनि खन्नु पर्छ । प्रतिक्रिया जस्तो सुकै आओस । तर, दर्शकसम्म फिल्म नै पुगेन भनेपछि त आफ्नो कामको मुल्यांकन कसले गरिदिने ?’

कमजोर प्रचारकै कारण ‘जय श्री दाम’बाट अमृतलाई दर्शक प्रतिक्रिया धेरै आएन । त्यस बारेमा उनि दुखि छन् ।

‘सयकडा दश’को राम्रो प्रचार र कन्टेन्टका कारण उनि यसपटक आशावादी देखिएका छन् । फिल्मले ‘भ्रष्टाचारविरुद्द प्रेम’को मुद्दा बोकेको छ । देश विकाशको लागि सोच्ने युवापुस्ताका अभिभावक जब भ्रष्टाचार भएको पत्त्ता लाग्छ । तब, उनिहरुमा के असर पर्छ होला ? ‘फिल्मले यस्तै-यस्तै समस्याहरुलाई आत्मसाथ गरेको छ’ उनले भने ।

तीन फिल्मसम्म आइपुग्दा उनले दुई फिल्ममा सहायक भूमिका निर्वाह गरे । सहायक भूमिका पावरफुल छ भने जस्तो फिल्म पनि गर्न अमृतलाई असहज लाग्दैन । भावी दिनमा यदि अनमोल केसी लिड रहेको फिल्ममा सहायक अफर आएपनि उनि निर्धक्कसँग फिल्म खेल्न राजी हुने बताउछन । तर, उनलाई पावरफुल भूमिका चाहिन्छ । जसले उनलाई एक्सपेरिमेन्ट गर्न भूमिका खेलोस् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com