सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: होस्टेल चलचित्रबाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोल केसी आजका स्टार कलाकार हुन् जसको स्टारडमले नै बजार तताउछ। होस्टेल, जेरी, ड्रिम्स, क्याप्टेन, क्री, ए मेरो हजुर ३, ए मेरो हजुर ४ गर्दै छड्के २.० उनको नवौ चलचित्र हो।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र छड्के २ शुक्रवारबाट देशभर प्रदर्शनमा आइ छैटौ दिनमा सम्पूर्ण हलबाट उत्रिएको छ। धेरै दर्शकले चलचित्रको कथा, बिषयबस्तु, कन्टेन्ट, मेकिङ्गदेखि अनमोलको अभिनयमाथि निकै प्रश्न उठाईरहेका थिए। फलस्वरूप अनमोलले आज आफ्ना दर्शक तथा आफुलाई माया गर्ने सुभचिन्तसँग माफी मागेका छन्। यो पालि उनि चुके १० औ पुग्ने बेला फेरी शुन्य मै झरेको महसुस गरेको छु। यो घडीमा जे जति मेरा लागि प्रतिक्रिया हरु आए मैले सबै मानन गरेको छु। भोलिको दिनमा पक्कै केहि परिवर्तन हुने छ भन्दै दर्शकसंग गुनाशो पोखेका छन्। नवौ चलचित्रसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् ।

आगामी दशौं चलचित्र करिअरको पहिलो चलचित्र हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको चलचित्रबाट हुने समेत प्रतिबद्धता जनाउदै ‘छक्का पन्जा ४’ को अपार सफलतामा बधाई दिएका छन् । त्यस्तै जे जस्तो रहेपनि जीवन एक अनुभव हो चलचित्र एक सिकाइ भन्दै, ‘छड्के २.०’का सम्पूर्ण टिममा धन्यबाद ज्ञापान गरेका छन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com