सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: महापुरुष फेम्ड नायक अरुण क्षेत्रि र अभिनेत्रीद्वय शृष्टि श्रेष्ठ र शुभेक्षा खड्का अभिनित चलचित्र प्रेमाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले चलचित्रको प्रचारप्रसार गर्दै यसअघि पोस्टर तथा टिजर सार्वजनिक गरिसकेको छ।

रिलिज ट्रेलरमा अरुण र सुबेक्षाबीच माया र प्रेममा आउने आरोह अवरोहका साथमा शृष्टिको अरुणप्रतिको लगाव र प्रेम प्रस्तावजस्ता मिठा मायाका किस्साहरुलाई हाइलाइट गरिएको छ। चलचित्रले युवापुस्तालाई मनोरन्जन दिनेमा निर्माण टिम बिस्वस्त छ। बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको चलचित्रमा अरुण, शुभेक्षा र शृष्टिका अलवा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको अभिनय रहेको छ ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा चन्द्र भट्टराईको सहायक निर्देशन रहेको छ। विवेक घिमिरेले निर्माण गरेको चलचित्रमा सामर्थविक्रम थापा कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर, कृष्ण भण्डारीको सम्पादन रहेको छ । प्रेमकथामा आधारित चलचित्र यहि आउदो चैत १७ गतेबाट देशभर प्रदर्शन हुन गैरहेको छ। चलचित्रलाई काठमाडौं उपत्यकामा जीजीए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com