सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री आँचल शर्मा स्टारर चलचित्र ‘नाईं नभन्नू ल ६’को अफिसियल गित सार्वजनिक भएको छ । दिउला माया तिमीलाई बोलको गितमा आँचल र आशिर्वाद सिङ्गरको पात्रमा भिज्दै रोमान्टिक देखिएका छन्। प्रेमिल भाकासँगै भिडियोमा यी दुइ बिचको मिठो प्रेम दर्शाइएको छ।

विकासराज आचार्यको निर्देशनमा बनेको चलचित्रको कथा, पटकथा विकासराज आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको सहकार्यमा तयार बनेको हो। चलचित्रमा डेब्यु अभिनेता आशिर्बाद र आँचलको साथमा प्रियंका कार्की, केकी अधिकारीको पनि अभिनय रहेको छ । चलचित्रको बाल कलाकारको पात्रमा अथर्व उप्रेतीले डेब्यु गरेका छन्। उनि निखिल उप्रेती र सञ्चिता लुईंटेलका छोरा हुन्।

यहि आउदो नयाँ बर्ष २०८० बैसाख १ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुन गैरहेको चलचित्र आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको हो। चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com