सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौँ: बरिष्ट कलाकार स्वर्गीय बि. एस. राणा नेपाली चलचित्र जगतका एक चम्किला तारा हुन्उ। उनले आफ्नो अभिनय मार्फत दर्शकमा एउटा मिठो छाप छाडेका छन्। उनै चम्किला तारा बि.एस. राणाको मृत्यु पछि उनको परिवार विचल्ली भएको खबर सबै नेपाली माझ पुगी सकेको छ।

 

पछिल्लो समय बिभिन्न मिडिया, सामाजिक संजालमा उनका परिवारको अवस्थाको बारेमा भिडियोहरु भाइरल भैरहेका थिए। स्नेही काख आश्रमले त्यस परिवारलाई उद्दार गरेर हाल उनीहरु ललितपुरस्थित स्नेही काख आश्रममा बस्दै आएका छन्। एउटा सफल कलाकारको परिवारको यो अवस्थामा विभिन्न मिडियादेखी कलाकारहरुले सहयोग गरिरहेका छन्।

 

यसै क्रम अभिनेता सविन श्रेष्ठ र उनका टिमले पनि बिएस राणाको परिवारको दुखमा हातेमालो गरेका छन। उनि लगायत निर्देशक सुरेश दर्पण पोख्रेलको पहलमा अमेरिकाबाट दर्जनौ कलाकारहरुले गरेको सहयोग अभिनेता सबिनले श्रीस्नेही काखमा गएर हस्तान्तरण गरेका छन। उनले जम्मा ३ लाख ८ हजार ७० रुपैया संकलन गरि स्नेही काख आश्रम पुगेर राणाको परिवारलाई भेटेर सहयोग हस्तान्तरण गरेका हुन्। यस्ता बरिष्ट कलाकारको परिवारमा परेको दुखमा सबैले हातेमालो गर्दै सहयोग गर्न पनि सबिनले सबैलाई अनुरोध गरेका छन। उनले यदि स्वर्गीय राणाको परिवारलाई कसैले पनि नहेरेको खण्डमा आफैले आफ्नो घरमा लगेर उनीहरुको जिम्मेवारी सम्म उठाउन राजी रहेको सम्म भनेका छन।
सहयोगी दाताहरुको नामावली यसप्रकार रहेको छ। 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com