सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक राजेशपायल राईको आवाजमा काली काली बोलको गीत सार्वजनिक भएको छ। गीतमा गजित विष्ट र गम्भीर विष्टको दमदार नृत्यमा मोडल सामारिका ढकालको अभिनय देखन सकिन्छ। गजित र गम्भीर दुवै नेपाली मनोरंजन क्षेत्रका नामी निर्देशक तथा काेरियाेग्राफर हुन । यी दुई दाजु भाईले झन्डै ३ बर्षपछिसँगै काम गरेका हुन्। टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन भने अशोक थापाले एरेन्ज, मनोज दङ्गाेलले मिक्सिङ र दिनेश पराजुलीले खिचेका हुन्। भिडियोलाई निर्देशक सुरेन्द्र बस्यालले निर्देशन गरेका हुन। टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालको कोरियोग्राफी रहेको छ। गीत ‘द प्रिमियर प्रोडक्सन’ को अफिसियल युटूवमा हेर्न सकिन्छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com