सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जारी’को ‘चरी बस्यो’ बोलको गीत सार्वजनिक गरिएको छ।  यस अघि टिजर र ट्रेलर सार्वजनिक गरेर आमदर्शक माझ प्रतिक्षित बनिरहेको फिल्मको गीत सार्वजनिकसंगै निर्माण टिमले प्रचारलाई तिव्र बनेका हुन्।  कालीप्रसाद बास्कोटाको आवाज रहेको गीतमा फिल्मका मुख्य पात्र दयाहाङ राई र मिरुना मगरलाई देख्न सकिन्छ।

पूर्वी पहाडी लिम्बू समुदायमा यथावत रहेको ‘जारी’ प्रथाको कथामा आधारित फिल्म बनिरहेको फिल्महरु भन्दा भिन्न बनाउन खोजिएको निर्माण टिमको भनाई छ। उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्म बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

रेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल जस्ता कलाकारहरुको अभिनय रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com