सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म चित्राको औपचारिक घोषणा भएको छ। बिहिबार राम नवमीको अवसर पारेर निर्माण टिमले फिल्मका कास्ट एण्ड क्रिउ सार्वजनिक गरेको हो। घनश्याम लामिछानेले निर्देशन गर्ने फिल्ममा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ ।

एसाप इन्टरटेनमेन्टको प्रस्तुतीमा सन्तोष धिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको सम्पूर्ण छायांकन नेपालमै हुने जानकारी निर्माण टिमले दिएको छ। पारिवारिक कथामा निर्माण हुन लागेको फिल्मले बाउ छोरीको कथा बोल्नेछ।

भावना पन्तको लगानीमा बन्ने फिल्मको कथा भने अजय अधिकारीको हो। फिल्ममा मनिष गौतमले पटकथा तथा संवाद हुनेछ भने सुरेश राईको संगीत रहनेछ। फिल्मको गीतलाई अजयले नै रचना गर्नेछन।

निर्देशक लामिछानेले  ‘धौली, पञ्चेबाजा, अग्नीदहन’ लगायतका फिल्महरु निर्देशन गरिसकेका छन भने उनले नै निदेशन गरेको फिल्म ‘लण्डन टु पेरिस’ रिलिज डेटको पर्खाइमा छ।  सो फिल्म प्रदर्शन पछि मात्र चित्रा फ्लोरमा जाने जानकारी पनि निर्माण टिमले दिएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com