सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  निर्देशक उदय सुब्बाले निर्देशन गरिरहेको फिल्म ‘दुई कदम’को छायांकन तीव्र चलिरहेको छ।  चैत्र १६ गतेबाट फ्लोरमा गएको फिल्मको हाल मुस्ताङमा छायांकन भैरहेको छ । मुस्ताङको सेड्युल सकिने बित्तिकै फिल्मको छायांकन धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि हुने जानकारी निर्माण टिमले दिएको छ।

दयाराम घिमिरेको कथा रहेको लभस्टोरी फिल्मलाई तारा देवी लिम्बुले निर्माण गरिरहेकी छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भैरहको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी) कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।

विक्रम डिसीको छायांकन रहने फिल्ममा तारा प्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्धन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । निर्माण टिमले फिल्मको प्रदर्शन लक्ष्य भदौ महिनालाई बनाएर छायांकन गरिरहेको छ ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com