सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म जय हो को सम्पूर्ण छायांकन सकिएको छ। ३० दिन लगातार छायांकन गरिएको फिल्मको मुक्तिनाथ मन्दिरमा अन्तिम सट खिच्दै फिल्मको सम्पुर्ण छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको छ।

आगामी भाद्र ८ गतेलाई रिलिज डेट लक गरेर बसेको फिल्मको छायांकन कास्की र मुस्ताङको विभिन्न स्थानमा गरिएको हो। फिल्ममा  सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् ।सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममासौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा सलोन बस्नेत मुख्य भूमिकामा देखिएका छन। फिल्मलाई शोभित बस्नेतले निर्माण गरेका हुन्। टेकपौरखी राईको निर्देशनमा बनेको फिल्ममा सलोनसँगै अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ पनि मुख्य भूमिकामा देखिएका छन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com