सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पत्रकार लक्ष्मण सुबेदीको लेखन तथा निर्माणमा बन्न लागेको फिल्म ‘सतीदेवी’को शुभसाईत गरिएको छ। काठमाडौँको भद्रकाली मन्दिरमा निर्माण टिमले पहिलो सर्ट लिदै फिल्म छायांकन सुरु गरेको हो। महिलालाई केन्द्रित गरेर बन्न लागेको फिल्ममा अभिनेत्री तथा मोडल मलिका महतको शिर्ष भूमिका हुनेछ।

३० दिनको सुटिंग सेड्युलमा छायांकन थलिएको ‘सतीदेवी’ दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण बन्न लागेको हो। फिल्मलाईलाई लक्ष्मण सुबेदीले नै निर्देशन गरिरहेका छन।

फिल्ममा दीपक शर्मा र सुभाष भुसालले सङ्गीत, बाबु श्रेष्ठले छायाङ्कन, देव महर्जनले द्वन्द्व, रामजी लामिछानेले नृत्य निर्देशन गर्ने जिम्मा लिएका छन। फिल्ममा मलिकाका अलावा रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी,मनिषा सापकोटासँगै बाल कलाकार हर्षिका ओली र मन्जिला बानियाँको अभिनय रहेको छ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com