सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  कलाकार तथा निर्देशक निश्चल बस्नेतले आफ्नो नयाँ प्रोजेक्टबारे जानकारी दिएका छन।  उनले शनिबार आफ्नो सामाजिक संजालमा वास्तविक जिवनसंग मेल खाएमा संयोग मात्र हुने छैन भन्दै आफ्नो नयाँ फिल्म ‘दिमाग खराब’को अफिसियल अनाउन्समेन्ट गरेका छन। फिल्मको मुख्य थिम पिपुल भर्सेस पावर यानिकी (जनता
विरुद्ध शक्ति ) रहेको छ।

सिनेमा आर्ट्स प्रालीको ब्यानरमा निर्माण हुन लागेको ‘दिमाग खराब’लाई  रौनक बिक्रम कडेलले निर्माण गर्दैछन। फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य अभिनय रहने छ। फिल्मलाई सुजन प्रजापतिले छायांकन गर्नेछन भने कथा पटकथा आकाश बरालको हुनेछ भने जयन वे वाईवा र कालीप्रसाद बास्कोटाको संगीत रहने छ। फिरोज खड्का मुख्या सहायक निर्देशक रहने फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरणको जिम्मा लिने भएका छन।

कार्तिक २४ गतेलाई रिलिज डेट तोकेको फिल्मक कार्यकारी निर्माता भने सुरज बम ठकुरी रहेका छन।

 

 

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com