सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिपेन्द्र के. खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन अहिले पशुपति क्षेत्रमा धमाधम चलिरहेको छ। गत चैत्र १० गतेबाट फ्लोरमा गएको फिल्मको छायांकन सकिन अझै १ हप्ता लाग्ने जानकारी निर्माण टिमको छ।

फिल्मको छायांकन सुरु भए लगत्तै फिल्मका मुख्य पात्र  विपिन कार्की र स्वस्तिमा खड्काको लूक्स बाहिरिएको थियो। यी दुईको लूक्स बाहिरिएसँगै एक किसिमको कौतुहलता निम्त्याई रहेको बेला अब भने फिल्मका अर्का मुख्य पात्र सौगात मल्लको लूक्स बाहिरिएको छ। तस्बिरमा उनको लूक्स भिलेनको जस्तो देखिन्छ। तर जे होस् अहिले सौगातको लूक्स बाहिरिएसँगै फिल्म आम दर्शकमाझ अझ धेरै प्रतिक्षित बनिरहेको छ।

खगेन्द्र लामिछानेको निर्माण तथा लेखन रहेको फिल्मलाई आगामी दशैँमा रिलिज गर्ने योजना निर्माण टिमको रहेको छ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com