सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: प्रदिप खड्का, नीति शाह र बर्षा सिवाकोटीको मुख्य अभिनय रहेको फिल्म ‘कामिनो’को छायांकन यहि असार १५ गतेबाट सुरु हुदैछ। फिल्म हिडेर अमेरिका जाने नेपालीहरुको कथामा बन्ने छ। फिल्मकै लोकेसनका लागि भनेर फिलिपिन्स पुगेका निर्देशक दिपक ओली केहि दिन अघिमात्र नेपाल आएका छन। ब्राजिल र मेक्सिकोको जंगलमा खिचिनु पर्ने फिल्मका अधिकांश दृश्यहरु अब भने फिलिपिन्सको जंगलमा खिचिने जानकारी निर्देशक ओलीले दिएका छन। मेक्सिकोको भिसा नलागेपछि फिलिपिन्सकै जंगलमा दृश्य छायांकन गर्नु पर्ने बाध्यता अहिले निर्माण टिमलाई परेको छ। तर अझैपनि ब्राजिलको भिसा लगाउने प्रयास भई रहेपनि समय धेरै खर्च हुने भएकाले फिलिपिन्समै सबै दृश्य खिच्ने निर्माण टिमको योजना छ। फिलिपिन्समा ४५ दिने छायांकन सेड्युल सकेर नेपालको सेड्युल सुरु हुनेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com