सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ। बिफोरयु युटुव च्यानल मार्फत सार्वजनिक भएको फिल्मको ट्रेलरले अहिले राम्रो प्रतिक्रिया पाईरहेको छ। एक्ट्रा म्यारिटल अफएयरका साथै यौन मनोविज्ञानको कथामा बनेको फिल्ममा शिल्पाले दिएको बोल्ड सिनले अहिले नेपाली सिनेवृत तातिरहेको छ। केहि दिन अघि निर्माण टिमले फिल्मको नेपाली ट्रेलर सार्वजनिक गरेको थियो।

सार्वजनिक २ मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु शिल्पा मास्के, गौरव विष्ट र कोशिस क्षेत्रिलाई केन्द्रमा राखिएको छ।

नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने फिल्म डि. एस. डिजिटलको ब्यानर तथा सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको हो। शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथा लेखन सफल निर्देशक दिपेन्द्र के खनालले लेखेका हुन।यहि असार १५ गतेबाट प्रदर्शन हुने फिल्ममा शिल्पा, गौरव र कोशिसका अलावा अलिसा क्षेत्री, अशान्त शर्मा, गीता विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झाकेन बिसी, अर्पित न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com