सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: २०७५ सालमा प्रदर्शन भएको फिल्म ‘कृ’को सिक्वेल ‘कृ रिटर्न्स’ बन्ने भएको छ। फिल्ममा अभिनेता अनमोल केसी नै लिडमा हुने जानकारी निर्देशक सुरेन्द्र पौडेलले दिएका छन। सिक्वेललाई भने निर्देशक आफैले निर्माण गर्नेछन। एक्सन लवस्टोरीमा बन्न लागेको फिल्मको छायांकन भने सुरेन्द्रको आगामी प्रोजेक्ट ‘वरिष्ठ बलराम’ पछि मात्र हुने जानकारी बाहिरिएको छ। स्क्रिप्टको काम सुरु भएको फिल्म २०२४ को सुरुवात तिर फ्लोरमा जाने योजना पौडेलको छ। हाल सम्म अनमोल मात्र फाईनल भएको फिल्मका मुख्य अभिनेत्री र अन्य कलाकारहरुबारे अहिले कुनै जानकारी बाहिरिएको छैन। फिल्म कृमा अभिनेत्री अदिति बुढाथोकीले मुख्य अभिन्त्रीको भूमिका निभाएकी थिईन जुन उनको डेब्यु फिल्म रहेको थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com