सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ: निर्देशक निश्चल बस्नेतले फिल्म दिमाग खराबको छायांकन सकेका छन।  उनले फिल्मको सम्पूर्ण छायांकन ३६ दिन लगाएर सकेका हुन्। सामाजिक सञ्जाल फेसबुक मार्फत दिमाग खराब  टिमलाई धन्यवाद दिदै छायांकन सकिएको जानकारी दिएका हुन्।  सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल सिनेमा क्याम्पसमा फिल्मको अन्तिम सिन खिच्दै बस्नेतले एण्ड क्ल्याप गरेका थिए।  ४० दिने सेड्युल लिएर निर्देशनमा उत्रिएका बस्नेतले ४ दिन अघिनै फिल्मको छायांकन सकेका हुन्।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको फिल्मको  थिम पिपुल भर्सेस पावर (जनता विरुद्ध शक्ति ) रहेको छ। फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, बिजय बराल लगायतका कलाकारको अभिनय रहनेछ । यसै फिल्मबाट स्वस्तिमाले  पहिलो पटक निश्चलले निर्देशन गरेको फिल्ममा सहकार्य गर्ने गरेकी हुन्।

कार्तिक २४ गतेलाई रिलिज डेट तोकेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुने भने फिल्मका कार्यकारी निर्माता भने सुरज बम ठकुरी रहेका छन।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com