सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियाका पुत्र सम्भव सिरोहिया र पुर्व मिस नेपाल शृङ्खला खतिवडा बिच प्रेमको चर्चा बारे यति बेला जो कोहिपनि जानकार छन्।  हल्ला त् यी दुईले इन्गेजमेन्ट सम्म गरेको चलिरहेको छ। यही बिचमा सम्भव र शृङ्खलाको अर्को रोचक कुरा बाहिरिएको छ। अध्ययनका लागि अमेरिका बस्दै आएकी शृङ्खला  कहिदिन अघि मात्र नेपाल आएकी थिइन।

अहिले सम्भव र शृङ्खलाको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छन्। त्यो हो कैलाश सिराेहियाका कान्छा सुपुत्र अनुभव सिरोहियाको इन्गेजमेन्टमा सिरोहिया परिवारसँगको पारिवारिक तस्बिर जहाँ उनी सम्भवसँगै देखिएकी छन्। रोचक त के छ भने एक तस्बिरमा सम्भवका भाइकी हुने वाली दुलही मयंका राणाले शृंखलालाई ढोगेको देख्न सकिन्छ। तस्बिरमा शृङ्खलाले मयंकालाई आशिर्वाद दिएको पनि देखिन्छ। उक्त तस्बिरबाट सम्भव र शृङ्खलाको इन्गेजमेन्ट भई सकेको अड्कल गर्न सकिन्छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com