सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शर्मिला पाण्डे निर्मित फिल्म परस्त्री टिम अहिले प्रमोसनको लागि मुम्बई पुगेको छ। नेपाल प्रमोसन सकेर मुम्बई पुगेको टिमले मुम्बई प्रमोसन सकेर दिल्लीमा फिल्मको प्रचार प्रसार थालिसकेको छ।

फिल्मको निर्माण टिमले सोमबार दिल्लीमा पत्रकार सम्मेलको आयोजना गरेको थियो । जहाँ फिल्मको कथावस्तु बारेमा चर्चा गरिएको थियो । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा फिल्म हेर्न नेपालमा मात्रै नभई भारतामा पनि दर्शक उत्साहित रहेको प्रतिक्रिया मिलेको निर्देशक सुरज पाण्डेले बताए । साथै निर्देशक पाण्डेले पत्रकारसँग ‘परस्त्री’को कथा युनिभर्सल भएको दाबी समेत गरेका छन् ।

यसैबीच मंगलबार निर्मात्री पाण्डेले मंगलबार समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी दिइन् । नेपालमा ‘परस्त्री’ हेर्न दर्शक उत्साहित रहेको भन्दै हिन्दीमा पनि रिलिज हुने खबरले दर्शक कन्फ्युज रहेको पाएकाले आफुहरुले नेपालमा ‘परस्त्री’ नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने निर्णय गरेको उल्लेख गरेकी छन् ।

विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । दीपेन्द्र के खनाल लिखित फिल्मलाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् । फिल्म यहि शुक्रबारबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुदैछ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com