सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बुलबुल फेम्ड अभिनेता मुकुन भुषालले निर्देशनमा डेब्यु गर्ने भएका छन्। उनले चाडै नै बन्न लागेको फिल्म हेलिकप्टरबाट निर्देशनमा हात हाल्न लागेका हुन्। फिल्म फेस्टिभललाई टार्गेट गर्दै बनाउन लागेको फिल्मलाई निर्देशक सुदर्शन थापा, सत्यराज चौलागाँई र वसन्त निरौलाले निर्माण गर्दैछन। बाल मनोवैज्ञानिक कथामा बन्ने फिल्मको बजेट खासै धेरै नहुने निर्माण टिमको जानकारी छ। हेलिकप्टरलाई हलमा प्रदर्शन गर्ने योजना निर्माण टिमले बनाइसकेको छैन।

आफुले फिल्म निर्देशन गर्ने जानकारी मुकुनले सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन्। उनि लेख्छन ‘ सुदर्शन थापा प्रोडक्सन सिने इक्वुपमेन्टको निर्माण र मेरो निर्देशन रहने फिल्म हेलिकप्टरको आज सहकार्य गर्ने निर्णय गरियो।  फिल्मको लम्बाई ४५ मिनेटको हुनेछ र थिएटरमा रिलिज हुनेछैन।’

बुलबुल र झिँगे दाउमा दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाएका मुकुन अभिनीत ‘गणपति र ऐँचो पैँचो’ यही भदौ १४ गतेबाट देशभर प्रदर्शन हुदैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com