सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री करिष्मा मानन्धरको मुख्य भूमिका रहेको फिल्म ‘बगान’ आजबाट प्रदर्शन भएको छ।  एकल महिलाको कथालाई मुख्य बिषय बनाएर बनेको फिल्मले प्रिमियरमा कलाकर्मी तथा संचारकर्मीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। फिल्ममा अभिनेत्री करिष्मा मानन्धरको अभिनयलाई सबैले तारिफ गरेका थिए भने नव अभिनेत्री प्रमिला कार्कीलाई पनि सम्भावना बकेकी नायिकाको रुपमा हेरिएको थियो।

अभिनेता सरोज खनालको डेब्यु निर्देशनमा बनेको फिल्ममा एकल आमा र छोरीको जीवनमा आउँने अवरोधहरुलाई देखाईएको छ।  गीतकार सुरेश वाग्लेको लगानीमा बनेको फिल्ममा सरोज खनाल, करिष्मा मानन्धर, प्रमिला कार्कीसँगै, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का कार्यकारी निर्माता भने विनोद मानन्धर हुन् ।

फिल्ममा  गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com