सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सन् १९९४ मा ‘मिस वर्ल्ड’को प्रतिष्ठित उपाधि जितेपछि भारतीय अभिनेत्री ऐश्वर्या राय नेपाल आएकी थिइन् । उपाधि जितेको खुसीयालीमा काठमाडौं विमानस्थल आइपुगेकी ऐश्वर्यालाई तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर पी.एल. सिंहले स्वागत गरेका थिए ।

त्यस क्रममा काठमाडौंमा सार्वजनिक र्‍यालीसमेत आयोजना गरिएको थियो । र्‍यालीमा सहभागी नेपाली जनताले ऐश्वर्याको नागरिक अभिनन्दन गरेका थिए । ‘मिस वर्ल्ड’ बनेपछि ऐश्वर्याले मोडलिङ हुँदै भारतीय फिल्म उद्योगमा आफ्नो सफल र प्रतिष्ठित करिअर निर्माण गरिन् । उनले बलिउडका चर्चित फिल्ममा अभिनय गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो पहिचान बनाइन् ।

पछि उनले अभिनेता अभिषेक बच्चनसँग विवाह गरिन् । विवाहपछि उनी दिग्गज कलाकार अमिताभ बच्चन र जया भादुरी बच्चनकी बुहारी बनिन् । ऐश्वर्या र अभिषेकको विवाह बलिउडका चर्चित विवाहमध्ये एक मानिन्छ ।

( लेखक बिकास रौनियार वरिष्ठ फोटो पत्रकार हुन् । यो तस्बिर उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’को प्रतिष्ठित उपाधि जितेपछि भारतीय अभिनेत्री ऐश्वर्या राय नेपाल आउँदा खिचेका थिए । )

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com