सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : आर्टमान्डूको ब्यानरमा फिल्म  ‘ऊनको स्वीटर’ (द उलन स्वीटर) घोषणा भएको छ।  राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेका हुन्।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ। ‘लालपूर्जा’पछि मिरुना र विपिनको यो दोस्रो सहकार्य हो। फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्नेछन्। नवीनले आर्टमाण्डूमार्फत् ‘तीनपाते’, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेका छन्।

फिल्ममा विपिन र मिरुनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकार फाइनल भएका छन्। बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ।
अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक रहेको फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।
फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन्। ब्याकराउण्ड संगीत निर्देशक कोबिद बज्र हुनेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्।
फिल्म मंसिरको पहिलो साताबाट फ्लोरमा जानेछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com