सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौँ: आगामी साउन ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘जय हो’का निर्माण टिमले फिल्मको प्रमोसनलाई तीव्र बनेको छ।  केही दिन अघि देखि अभिनेता सलोन बस्नेत र निर्माता शोभित बस्नेतलाई मिडियामा अन्तर्वार्ता दिन तथा विभिन्न कार्यक्रममा सहभागी हुँदै फिल्मको प्रमोसन गर्न भ्याई नभ्याई छ। कहिदिन पछि फिल्मलाई लिएर अस्ट्रेलिया उड्न भएकाले पनि सलोन र शोभितलाई अहिले नेपालमा चटारो परिरहेको छ।

अहिले सलोन र शोभितलाई प्रमोसनमा साथ दिन अभिनेत्री केकी अधिकारीले पनि साथ दिई रहेकी छन्। आइतबार सलोन बस्नेत, केकी अधिकारी, शोभित बस्नेत र सुमिन गुरुङ प्रज्ञा भवन पुगेका थिए । जहाँ एपेक्स कलेजले एक दिने भव्य कार्यक्रमको आयोजना गरेको थियो । कलेजले हरेक वर्ष गर्ने एक दिने सांस्कृतिक कार्यक्रममा पुगेर फिल्मको टिमले अन्तरक्रिया कार्यक्रम अग्रेको थियो।  उनले विद्यार्थीमाझ गीतसमेत गाएका थिए । यस्तै अभिनेत्री केकी अधिकारीले पनि सिनेमाको बारेमा जानकारी दिँदै फिल्म हेरिदिन आग्रह गरेकी थिइन् ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई टेक पौरखी राईको निर्देशनले निर्देशन गरेका हुन्।  फिल्ममा सलोन र केकीका साथै अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको सङ्गीत छ । फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com