सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘जय हो’को दोस्रो गीत सार्वजनिक गरिएको छ। शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ‘राजा रानी’ बोलको गीत सार्वजनिक गरेको हो। सागर आले मगर र सदिक्षा कट्टेलले आवाज भरेको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।  रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ।

सलोन सलिना फिल्म को ब्यानरमा निर्माण भएको फिल्ममा शोभित बस्नेत प्रस्तुतकर्ताको रुपमा देखिएका छन् भने फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन्। सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभ स्टोरीको समिश्रण रहेको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

सलोन र केकीका अलावा फिल्ममा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com