सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भोलि बिहीबार अर्थात् जनै पूर्णिमाबाट अल नेपाल प्रदर्शन हुने फिल्म  ‘ऐंचो पैँचो’को अग्रिम टिकट बुकिङ खुलेको छ। कृषा चौलागाईको डेव्यु निर्देशनमा बनेको फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना देशभरका चेनमा अहिलेसम्म २५ शो उपलब्ध गराएको छ, भने भोलीसम्म यो शो सङ्ख्यामा केही बृद्धि हुने निश्चित छ । अहिलेसम्म बुकिङ खुलेका हलहरु मध्ये एफक्युब सिनेमाले ४ शो, वान सिनेमाज्ले ५ शो, बिएसआरले ३ शो उपलब्ध गराएका छन् ।

त्यस्तै बिग मुभिजले ३ शो, आईएनआई लोत्सेले ३ शो, रञ्जना सिनेप्लेक्सले ४ शो, सिके सिनेमाजले ३ शो, क्युज सिनेमाजले २ शो, सिने डि सेफले २ शो उपलब्ध गराएका छन।

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, बर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भूमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com