सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: समिप ईन्टरटेन्मेन्टकाे प्रस्तुतीमा गायक रामकृष्ण ढकालकाे आवाजमा रहेकाे ‘दिन ढल्याे’ बाेलकाे गीत सार्वजनिक भएकाे छ। गीतमा शब्द हिमाँशु रायमाझी गाेधुलीकाे रहेकाे छ भने सँगीत बरिष्ठ सँगीतकार राम सिटाैलाले भरेका छन्। गीतमा सँगीत संयोजन विश्व अधिकारीकाे रहेकाे छ। दिलिप समनद्वारा निर्देशित भिडियाेमा प्रज्वल जङ्ग कार्क‌ी, अनिमा बिश्वकर्मा, रितेश ढकालकाे अभिनय देख्न सकिन्छ। उक्त गीतलाई मिलन सँकरले खिचेका हुन् भने भिडियाे सम्पादन तथा कलरिङ्ग फराज अर्पणकाे रहेकाे छ। गीतमा युगल जाेडि बिच हुने प्रेम र बिछाेडकाे कथा देखाईएकाे छ। पुरानाे बानेश्वर स्थित टिपसि ब्याम्बाे कटेजमा एक अाैपचारिक भेला बिच गीतकाे भिडियाे सार्वजनिक गरिएकाे हाे। गीतले दर्शक श्रोताकाे मन जित्ने कुरामा निर्माण पक्ष बिश्वस्त छ र गीतलाई समीप ईन्टरटेन्मेन्ट युटुब च्यानलमा गएर हेर्न सकिन्छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com