सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने फिल्म ‘हामी तीन भाई’को छायांकन सुरु भएको छ । गत असार २९ गते गोर्खास्थित मनकामना मन्दिरमा स्कृप्ट पुजा गरिएको फिल्मको शुक्रबार मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको हो ।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा (हर्के हवल्दार), यादव देवकोटा (सरापे), भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, बिकास चापागाई, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।

निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह-निर्मातामा छन् । बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् ।

प्रसिद्धि सिने आट्सको ब्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको छ । फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com