सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो भदौ १४ बाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘ऐंचो पैंचो’को टिम अहिले प्रचारमा व्यस्त छ। उपत्यकाका कलेज क्याम्पियन बाट सुरु भएको फिल्मको प्रमोसन अहिले टेलिभिजन रियालिटी शो तिर पुगेर फिल्मलाई प्रचार गर्न थालेको छ।

यसै क्रममा फिल्मको टिम नेपालको सवैभन्दा ठुलो पुरस्कार राशी भएको ‘मेरो डान्स युनिभर्स’को फाइनलमा पुगेको थियो । फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता सुशिल सिटौला शोको ग्राण्ड फिनालेमा पुगेका हुन् । ‘मेरो डान्स युनिभर्स’को फाइनल केही सातामा प्रसारण गरिने आयोजक संस्थाले बताएको छ ।

फिल्म अहिले गीत संगीत र सार्वजनिक टिजरमा कारण चर्चामा छ । आगामी शुक्रबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको फिल्मको निर्माण त्यसपछि पुर्ण फिल्मको प्रचारमा लाग्ने तयारीमा रहेको निर्देशक कृर्षा चौलागाईले बताइन् । फिल्मको सफलताको लागि निर्देशक चौलागाई र निर्माता विशाल चौलागाईको यही हप्ता मुम्बई पुगेर सिद्धिविनायक मन्दिरमा पुजा समेत गरेका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com