सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कृषा चौलागाईंले निर्देशन गरेको फिल्म ‘ऐंचो पैंचो’ले प्रदर्शनको पहिलो साता पार गरेको छ।  भदौ  १४ गतेबाट देशभर प्रदर्शन भएको फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको थियो। राजनीतिक कथालाई उठाएर बनाईएको फिल्मले प्रदर्शनपछि वर्ड अफ माउथले गर्दा दर्शकहरुबाट भने माया पाईरहेको छ। फिल्म अभिनेता सुशील सिटौला र बर्षा राउतको अभिनयलाई दर्शकहरुले तारिफ गरेका छन।

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको फिल्ममा बर्षा र सुशीलसँगै स्वस्तिमा खड्का, मुकुन भुसाल, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भूमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com