सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नायक सुशील सिटौला निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन् ।

निर्देशक भट्टराई ले फिल्ममा सुशीललाई प्रमुख अभिनेताका रूपमा भित्र्याइएको जानकारी दिए । सुशीलले यस अघि अभिनय गरेका होस्टेल रिटन्र्स, गाजा बाजा, रणवीर, जुलेबी, ऐँचो पैँचोबाट आफ्नो कामको निकै प्रशंसा पाएका थिए ।

निर्देशक भट्टराई ले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधवार फिल्म निर्माणको घोषणा गरेका थिए ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाई मुख्य कलाकारको रूपमा फाइनल भैसकेका छन् । पल शाहले करिब २ वर्षपछि फिल्ममा कम ब्याक गर्न लागेका हुन् । नायिका प्रसाँइले भने ‘ऐश्वर्य’मा दिवाकरसँग काम गरिसकेकी छिन् ।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ । फिल्ममा एसडी योगीको सङ्गीत, राम अविरल विष्टको गीत, राजु विक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायाङ्कन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।

दिवाकरले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com