सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म परदेशी २ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा परदेशी २ निर्माण गरिएकाले फिल्म हेरिदिन दर्शकलाई आग्रह गरेको छ । पत्रकार भेटघाटमा फिल्मका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेस वंशलको उपस्थिति थिए ।

पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले मौलिक नेपाली कथामा फिल्म बनेकाले सम्पुर्णले परदेशी २ हेर्न नछुटाउनु अनुरोध गरिन् । अभिनेता प्रकाश सपुतले पनि आफ्नो संगीत करियरसँगै छायांकन सुरु भएको फिल्म भएपनी कहिले नमर्ने कथा परदेशी २ मा भएको हुनाले नेपालीको आफ्नै लाग्ने बताए ।

निर्माता राजेशले पनि देशव्यापी रुपमा प्रचारमा हिँड्दै गर्दा फिल्म निर्माणमा रहेको चुनौती सामना गर्दै अगाडि बढ्न हौसला मिलेको बताए । फिल्म युनिटले इलाइट सिनेमा हल भिजिटपछि पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘परदेशी–२’ नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । प्रकाश सपूतले पहिलो सिनेमामार्फत वैदेशिक यात्रामा संघर्ष गर्ने युवाको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताए ।

अभिनेत्री वर्षा सिवाकोटीले फिल्ममा आफ्नो फरक भूमिका रहेको बताइन् । ‘फरक फिल्ममा फरक भूमिका गर्ने अपेक्षा अनुसार फरक भूमिका निवार्ह गर्ने प्रयास गरेकी उनको दाबी छ । मिडियामा फिल्मबारे ‘पोजिटिभ रेस्पोन्स’ आएकाले उत्साहित रहेको सुनाइन् । फिल्म प्रचारका क्रममा निर्माता राजेश वंशलले कुनै पनि छिमेकी फिल्म वा कथाबाट प्रभावित नभई मौलिक कथामा निर्माण भएको बताए ।

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो निर्देशकिय फिल्म हो । फिल्म निर्माता वंशल र निर्देशक रायमाझीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।
फिल्मको कथा तथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

असोज २२ गते विराटनगर अनि इटहरी र धरानको विभिन्न मिडियामा अन्तर्वार्तापछि फिल्म युनिट र २३ गते दमक र बिर्तामोडमा पत्रकार सम्मेलन तथा हल भिजिटमा गएको थियो । मंगलबार दिनभर झापाका विभिन्न ठाउँमा दर्शकसाग साक्षात्कार गर्दै साँझ काठमाडौं फर्किने छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com